कांग्रेस नेता आचार्य भन्छन् : दलहरूले च्यापेको राजनीतिक प्रवृत्तिले मनाङे निर्विरोध
काठमाडौं । कांग्रेस नेता एवं काभ्रेका पूर्व सभापति मधु आचार्यले समकालीन दलहरूले च्यापेको राजनीतिक प्रवृत्तिले दीपक मनाङे निर्विरोध निर्वाचित भएको बताएका छन् ।
सामाजिक संजालमा लेख्दै आचार्यले भनेका छन्–अहिलेको चुनावमा निर्विरोध को भयो ? शेरबहादुर ? प्रचण्ड ? केपी ओली भए ? अहँ, यी कोही भएनन। को भयो त ?? दीपक मनांगे भए। अहिले दलहरुले च्यापेको राजनीतिक प्रवृत्तिले दिने नतिजा यस्तै हो।’
कांग्रेस र एमालेले उम्मेदवारी नदिंदा मनाङ ख प्रदेशसभामा दीपक मनाङे निर्विरोध निर्वाचित भएका थिए । अर्का एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी चुनाव आउँन ३९ दिन बाँकी हुँदै निर्विरोध भएका हुन् ।
तर कांग्रेस र एमालेले नै गुण्डानाइके पृष्ठभूमिका मनाङेलाई निर्विरोध बनाएको भन्दै सार्वजनिक रुपमा प्रश्न उठ्न थालेको छ ।
दलहरूको गलत प्रवृत्तिकै कारण मनाङे सर्वसम्मत हुने तर दलबाट कोही पनि सर्वसम्मत नहुने अवस्था आएको भन्दै प्रश्न उठेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया