बीफिन र सीपीएससीबीच रणनीतिक सम्झौता
काठमाडाैं । नेपाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट (बीफिन) र फिलिपिन्सको मनिलास्थित कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सम्झौता भएको छ ।
मंगलबार मनिलामा सीपीएसीले आयोजना गरेको एक समारोहबीच दुई पक्ष रणनीतिक सम्झौतामा प्रवेश गरेका हुन् । सम्झौतमा बीफिनका प्रवन्ध निर्देशक डा. विनोद आत्रेय र सीपीएससीका महानिर्देशक प्राध्यापक जीएलडी विक्रमासिंघेले हस्ताक्षर गरेका छन् ।
यस रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको कार्यक्षेत्रभित्र पर्ने विविध संस्थाका कर्मचारीको क्षमता विकासको क्षेत्रमा मिलेर काम गर्नु रहेको छ । यस सहकार्यले कयौं सदस्य देशमा मानव संसाधन विकासमा मद्दत मिल्ने डा. आत्रेयले बताए ।
दुवै संगठनको पारस्परिक हित तथा रुचिको क्षेत्रमा तालिमको आयोजना गरिने र नेपालमा अन्तर्राष्ट्रिय तालिम कार्यक्रमको आयोजना गर्ने प्रस्ताव पनि उनले गरेका छन् । यस सहकार्यप्रति प्राध्यापक विक्रमासिंघेले खुसी व्यक्त गरेका थिए । मनिलामा कार्यक्रमहरु सञ्चालन गर्न आफूले सहायता गर्ने पनि उनले विश्वास दिलाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया