ब्राजिलमा कोभिडको उपचारका क्रममा ४ हजार ५०० स्वास्थ्यकर्मीको निधन
ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।
सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिब सर्भिस् इन्टरनेशसन ९पिएसआइ० ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरुमा चार हजार पाँच सयको ज्यान गएको पाइएको हो ।
ती स्वास्थ्यकर्मीहरुको सन् २०२० को डिसेम्बेरदेखि सन् २०२१ मा गरेर ज्यान गएको हो । यो समय ब्राजिलमा कोभिड १९ को एक उच्च तहमा महामारी पुगेको समय हो । यसरी ज्यान जानेमा एक हजार एक सय ८४ जना नर्स रहेका छन् । उनीहरु ब्राजिलमा कोभिड १९ महामारी उच्च बिन्दु पुगेका बेला कार्यरत रहेका थिए ।
ब्राजिल कोभिड १९ बाट संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी मानिसहरुको निधन भएको देश हो । यहाँ छ लाख ८७ हजारजनाभन्दा बढीको ज्यान गएको छ ।कोभिडबाट सबैभन्दा बढी संक्रमित भएका देश भारत र अमेरिका हुन् । तर कोभिडबाहु भएको मृत्यु दर अमेरिका र ब्राजिलका तुलनामा भारतमा भने कम छ ।
पिएसआइले विश्वका एक सय ५४ देशका करिब तीन करोड स्वास्थ्यकर्मीमा यो अनुसन्धान गरेको जनाएको छ । यसका लागि सो संस्थाले स्वास्थ्यसम्बन्धी विश्वका सात सयजति ट्रेड युनियन संस्थाहरु पनि जम्मा पारेको बताएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया