कम्बोडियामा डुंगा डुब्दा आठ बालबालिकाको मृत्यु

एजेन्सी । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सानो डुंगामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।
‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भनेका छन् । पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुंगा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताए ।
एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् । डुंगा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिससकाे यातायातको प्रमुख साधनको रुपमा डुंगा रहेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया