कम्बोडियामा डुंगा डुब्दा आठ बालबालिकाको मृत्यु
एजेन्सी । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सानो डुंगामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।
‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भनेका छन् । पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुंगा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताए ।
एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् । डुंगा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिससकाे यातायातको प्रमुख साधनको रुपमा डुंगा रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया