पिपुल्स हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं । पिपुल्स हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालयसमयभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले भदौ ३१ गतेदेखि आइपिओ निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आवेदन खुलाएको हो ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १०५ अर्थात ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।
लगानीकर्ताले आइपिओमा ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केट रहेको छ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया