ग्लोबल भोकमरी सूचकमा नेपाल ८१ औं स्थानमा

काठमाडौं । जर्मनीको गैरसरकारी संस्था ‘वेल्ट हंगर हिल्फ’ले प्रकाशन गरेको १२१ देशको भोकमरी सूचकमा नेपालको अवस्था सन् २०२१ भन्दा खराब देखिएको छ ।
ग्लोबल भोकमरी सूचकमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशमध्ये नेपाल यो सूचकमा ७६ औं स्थानमा थियो । तर भारत, पाकिस्तान र बंगलादेशमभन्दा नेपालको स्थिति भने राम्रो छ । सूचकअनुसार भारत १०७ औं, पाकिस्तान ९९ औं र बंगलादेश ८४ औं स्थानमा छ ।
सूचीमा श्रीलंका दक्षिण सियाकै उत्कृष्ट स्थानमा छ । आर्थिक समस्या जुध प्रस्तुत श्रीलंका यो सुचङ्कमा ६४औँ स्थानमा छ ।
सूचीअनुसार अफगानिस्तान दक्षिण एसियाकै कमजोर राष्ट्रको १०९औँ स्थानमा छ ।
ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको व्यापक मापन र ट्र्याकिङ हो। यो कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर समावेश गरी चार सूचकहरूद्वारा मापन गरिन्छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
प्रतिक्रिया