NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

राजनीतिक परिवर्तनलाई स्थायी बनाउने संकल्प गठबन्धनसँग छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि जनचाहना बमोजिमको आर्थिक विकास जरुरी रहेको बताए ।

आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउन नसके राजनीतिक उपलब्धी दिगो हुन नसक्ने उल्लेख गर्दै उनले यस क्षेत्रको जनचाहना पूरा गर्न सक्ने व्यक्तित्वलाई यस क्षेत्रको उम्मेदवार बनाएको स्पष्ट पारे ।

उनले गठबन्धन दलमा आवद्ध नेता तथा कार्यकर्तालाई कुनै पनि हिनताबोध नराखी एक अर्काको दलको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गर्दै केही ऐतिहासिक तथ्य र घटनाक्रमको समेत स्मरण गरे । उनले २०४६ सालको जनआन्दोलन वाम–लोकतान्त्रिक गठबन्धनको बलमा नै भएको र २०६/६३ को जनआन्दोलन तत्कालिन सात सात राजनीतिक दल र माओवादीको जोड बलमा नै स्म्पन्न भएको बताए ।

अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालीन साभापति गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेर कांग्रेसको निर्वाचन चिह्न रुख र माओवादीको चिह्न हसिया हथौंडालाई एक अर्काले स्वीकार गरेको बताए । उनले भने, “हामीले एक अर्कालाई स्वीकार गरेका छौँ । कुनै पनि दुविधा नराखी मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।”

गठबन्धनका तर्फबाट यस क्षेत्रमा पहिलो कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै उनले क्षेत्र नं २ का मतदाताप्रतिको सम्मान पनि भएको बताए । उनले गठन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्न आग्रह गरे ।

गठबन्धनका तर्फबाट ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने नारा तय गरिएको उनले जानकारी दिए । सभामुखका रुपमा देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी ओनसरी घर्तीलाई यस क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारका रुपमा अगाडि सारिएको जानकारी दिए ।

उनले शान्ति सम्झौता, संविधानसभाबाट संविधान, प्रतिगनम विरुद्धको आन्दोलनलगायत राजनीतिक उपलब्धीको स्मरण गर्दै आर्थिक समृद्धि र स्थायीत्वका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।