NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

इरानको इभिन कारागारमा आगलागी, मृतककाे संख्या ८ पुग्याे

एजेन्सी । तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुुनेको संख्या आठ पुगेको जनाइएको छ । यस कारागार आगलागीमा परी सुरुमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको थियो ।

‘इभिन कारागारको वार्डका केही कैदीहरूबीच शनिबार राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए । घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो । अस्पताल भर्ना गरिएका घाइतेहरु चार जनाको मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको जनाइएको छ ।