कश्मीरको शोपियानमा ग्रेनेड आक्रमण हुँदा युपीका दुई कार्यकर्ताको मृत्यु
काठमाडाैं । जम्मू कश्मीरको शोपियानमा भएको ह्यान्ड ग्रेनेड आक्रमणमा उत्तर प्रदेशका दुई मजदुरको ज्यान गएको छ ।
कश्मीर जोन पुलिसले एक ट्वीट गर्दै घटनाबारे जानकारी दिएको हो । मृत्यु हुनेमा मोनिष कुमार र रामसागर रहेका छन् । संदिग्ध आक्रमणकारी भने पक्राउ परेका छन् ।
कश्मीर जोन पुलिसले ट्वीटमा लेखेका छन्, ‘आतंकवादीहरूले शोपियानको हरमेनमा ह्यान्ड ग्रेनेड प्रहार गरे, जसमा दुई यूपी कार्यकर्ता ( मोनिष कुमार र राम सागर घाइते भएका थिए। दुबै कन्नौज, यूपीका बासिन्दा थिए। दुबैलाई अस्पताल लगिएको थियो।’
संदिग्ध आक्रमणकारी चरमपन्थी संगठन लश्कर-ए-तैयबाको सदस्य भएको त्यहाँको प्रहरीले दाबी गरेको । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया