केदारनाथधामनजिक हेलिकप्टर दुर्घटना
काठमाडौं (एजेन्सी) । भारतको उत्तराखण्डस्थित केदारनाथधाममा हेलिकोप्टर दुर्घटना भएको छ ।
केदारनाथभन्दा दुई किलोमिटरअगाडि गरुडचट्टीमा दिउँसो १२ बजे हेलिकोप्टर दुर्घटनामा परेको हो ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा तीर्थयात्री सवार थिए । दुर्घटना केदारनाथको दर्शन गरेर फर्किंदै गर्दा भएको हो ।
दुर्घटनामा पाँच जना घाइते भएको आशंका गरिएको छ । तर विस्तृत विवरण आउन बाँकी छ ।
जानकारी पाएलगत्तै उद्धारका लागि टोली त्यसतर्फ प्रस्थान गरेको छ भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनाको कारण खुलेको छैन । तर कुहिरोबीच हेलिकप्टर उडेकाले दुर्घटनामा परेको हुनसक्ने ठानिएको छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया