केदारनाथधामनजिक हेलिकप्टर दुर्घटना
काठमाडौं (एजेन्सी) । भारतको उत्तराखण्डस्थित केदारनाथधाममा हेलिकोप्टर दुर्घटना भएको छ ।
केदारनाथभन्दा दुई किलोमिटरअगाडि गरुडचट्टीमा दिउँसो १२ बजे हेलिकोप्टर दुर्घटनामा परेको हो ।
आर्यन कम्पनीको उक्त हेलिकप्टरमा तीर्थयात्री सवार थिए । दुर्घटना केदारनाथको दर्शन गरेर फर्किंदै गर्दा भएको हो ।
दुर्घटनामा पाँच जना घाइते भएको आशंका गरिएको छ । तर विस्तृत विवरण आउन बाँकी छ ।
जानकारी पाएलगत्तै उद्धारका लागि टोली त्यसतर्फ प्रस्थान गरेको छ भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनाको कारण खुलेको छैन । तर कुहिरोबीच हेलिकप्टर उडेकाले दुर्घटनामा परेको हुनसक्ने ठानिएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया