सामाजिक सञ्जालमा देउवालाई ओलीको प्रश्न : बहसका लागि म तयार छु, तपाईं नि ?
काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमा ‘लाइभ डिबेट’ गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार उनले समाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया शेयर गर्दै बहसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तयार छन् कि छैनन् भनि प्रश्न गरेका छन् ।
‘सामाजिक सञ्जालमा धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकाँग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?’, ओलीले प्रश्न गरेका छन् ।
विशेष गरी कांग्रेस समर्थक शुभचिन्तक र कार्यकर्ताहरूले शीर्ष दुइ नेताबीच एजेण्डामा आधारित भएर बहस गर्न चुनौती दिएपछि ओलीले त्यसको जवाफ फर्काएका हुन् । ओलीको ‘स्टाटसमाथि धेरै जसोले मजाक कमेन्ट गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया