सामाजिक सञ्जालमा देउवालाई ओलीको प्रश्न : बहसका लागि म तयार छु, तपाईं नि ?

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमा ‘लाइभ डिबेट’ गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार उनले समाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया शेयर गर्दै बहसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तयार छन् कि छैनन् भनि प्रश्न गरेका छन् ।
‘सामाजिक सञ्जालमा धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकाँग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।
म त यसका लागि तयार छु, देउवाजी नि ?’, ओलीले प्रश्न गरेका छन् ।
विशेष गरी कांग्रेस समर्थक शुभचिन्तक र कार्यकर्ताहरूले शीर्ष दुइ नेताबीच एजेण्डामा आधारित भएर बहस गर्न चुनौती दिएपछि ओलीले त्यसको जवाफ फर्काएका हुन् । ओलीको ‘स्टाटसमाथि धेरै जसोले मजाक कमेन्ट गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया