संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्वारा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा
काठमाडाैं । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमबार मालीमा राष्ट्रसंघीय शान्ति सेनामाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । आक्रमण चाडका तीन शान्ति सैनिक मारिएका थिए भने तीन जना घाइते भएका थिए ।
परिषद्ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा परिषद्का सदस्य राष्ट्रले पीडित परिवारका साथै चाडप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् । साथै उनीहरूले घाइतेको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
परिषद्का सदस्य राष्ट्रले मालीको संक्रमणकालीन सरकारलाई आक्रमणको तुरुन्त अनुसन्धान थाल्न, दोषीलाई न्यायको दायरामा ल्याएर जवाफदेही शासन व्यवस्था प्रवद्र्धन गर्न र सम्बन्धित सेना योगदान गर्ने देशलाईप्रगतिबारे जानकारी दिन आग्रह गरेका छन् ।
शान्ति सेनालाई लक्षित गरी आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुनसक्ने, सबै प्रकारका आतङ्कवाद अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका लागि सबैभन्दा गम्भीर चुनौती भएकामा जोड दिँदै परिषद्ले मालीको सुरक्षास्थितिबारे पनि चासो एवम् चिन्ता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया