गरिबी उन्मूलनका निम्ति तत्काल कदम चाल्न महासचिव गुटेरेसको आह्वान
काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गरिबी उन्मूलनका निम्ति तत्काल विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् ।
अन्तरराष्ट्रिय गरिबी उन्मूलन दिवसका अवसरमा दिएको भिडियो सन्देशमा उनले विश्वका लाखौँ जनता कोभिड-१९ का कारण गरिबीतर्फ धकेलिएका, चार वर्षभन्दा बढी समयको मेहनतले प्राप्त प्रगतिलाई पछाडि धकेलेको, असमानताका खाडल अझ फराकिला भएका, राष्ट्रियएवम् घरेलु अर्थतन्त्रमा रोजगारीका अवसर गुमेको, खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी मन्दीको छायामा वर्तमान विश्व रूमल्लिएको वास्तविकता प्रस्तुत गरे ।
एकै समयमा जलवायु संकट र उग्र द्वन्द्वले ठूलो पीडा निम्त्याइरहेको, सबैभन्दा अधिक पीडा गरिब जनताले भोगिरहेका, विकासोन्मुख देश आर्थिक वृद्धिका निम्ति लगानीका स्रोत र ऋण राहतमा पहुँच बढाउन असमर्थ हुँदादिगो विकास लक्ष्य हासिल गर्न कठिन भएको उनले बताए ।
महासचिवले स्वास्थ्य र सभ्य काम, लैंगिक समानता, सामाजिक सुरक्षा, खाद्य सुरक्षा रशिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए । रोजगारी सिर्जना गर्ने हरित अर्थतन्त्रमा लगानी बढाउन अपरिहार्य भएको अभिमत पनि उनले सन्देशमा व्यक्त गरेका छन् ।
राष्ट्रसंघीय महासभाका अध्यक्ष कासाबा कोरोसीले पनि जलवायु परिवर्तन, कोभिड–१९, सबै खाले द्वन्द्वका साथैयुक्रेन युद्धको अन्त्यबाट विश्व शान्ति प्रवद्र्धन तथागरिबी उन्मूलनमा सहयोग पुग्ने बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया