सोमालियाका बालबालिकामा कुपोषणको समस्या बढ्दो
एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।
सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।
यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ ।
सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया