सोमालियाका बालबालिकामा कुपोषणको समस्या बढ्दो

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।
सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।
यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ ।
सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया