NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

डेंगुको सेरोटाइप–३ पुष्टि, थप सचेत रहन सरकारको आग्रह

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुना परीक्षणमा डेंगुुको सेरोटाइप–३ फैलिइरहेको पुष्टि भएको छ । नेपालमा सेरोटाइप–३ पहिलोपटक पुष्टि भएको हो । संक्रमितबाट संकलिन गरेर नमुना परीक्षण गर्दा सेरोटाइप १ र ३ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको ल्याबले १२ वटा नमुनामा परीक्षण गरेको थियो । जसमध्ये डेंगुको सेरोटाइप १ र ३ देखिएको अस्पतालका माइक्रोबायोलोजी विभागका प्रमुख डा. नारायणराज भट्टराईले बताए । उनका सेरोटाइप ३ पनि पुष्टि भएपछि थप अध्ययन अनुसन्धानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई जानकारी दिएको बताए । यसअघि नेपालमा सेरोटाइप १ र सेरोटाइप २ मात्रै पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले संक्रमदर घट्दो क्रममा रहेको बताएका छन् । साउनयता देखिएको डेंगु संक्रमणबाट हालसम्म ४१ हजार सात सय ४३ प्रभावित भएका छन् भने ४९ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमण घट्दोक्रममा रहेकाले त्रसित नहुन, तर सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।