ठगी गर्ने मेनपावरको कारबाही रोक्न नेताको दबाब
काठमाडौं । ठगीको उजुरी परेका कतिपय मेनपावरले कारबाहीबाट उन्मुक्ति पाउन उच्च तहका राजनीतिक गुहार्ने गरेको पाइएको छ । यही कारण करोडौं रूपैयाँ ठगीको उजुरी परेका मेनपावरले वैदेशिक रोजगार विभागले पटकपटक उपस्थित हुन पत्राचार गरे पनि अटेरी गर्ने गरेका छन् । जसका कारण सयौं पीडित न्यायबाट वञ्चित भएका छन् ।
हालै विभागले सूचना नै जारी गरेर उजुरी फछ्र्योट गर्न निर्देशन दिएको छ । पार्टीका उच्च तहका नेतासँग पहुँच भएका मेनपावरले कानूनमा तोकिएअनुसार विभागमा उपस्थित हुन आनाकानी गरिरहेको विभागको भनाइ छ ।
विगत ३ महिनामा विभागमा ७८८ उजुरी विभिन्न मेनपावरविरुद्ध परेको भए पनि लिखित जवाफसहित विभागमा उपस्थित नहुने मेनपावरको संख्या धेरै रहेको छ । यसैगरी, कतिपय मेनपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उपस्थित गराउन सकेको छैन । विभागमा डिएसपीको नेतृत्वमा प्रहरी युनिट खडा गरे पनि उनीहरूलाई सिधै पक्राउ गर्ने अधिकार छैन ।
मेनपावरलाई कारबाही नगर्न प्रायः सबै पार्टीका उच्च नेताले कर्मचारीलाई दबाब दिने गरेको एक कर्मचारीले बताए । विभागले पीडितको उजुरीउपर बुझ्न मेनपावरलाई पहिलोपटक ३ दिने, दोस्रोपटक २४ घण्टे र तेस्रोपटक ७ दिने समय दिएर लिखित जवाफसहित विभागमा उपस्थित हुन पत्राचार गरे पनि कतिपय मेनपावरले उल्टै कर्मचारीलाई नै धम्की दिने गरेको बताइएको छ ।
विभागले बारम्बार पत्राचार गरेपछि उपस्थित नभएको भन्दै केही मेनपावरलाई कारबाही गरिने भएको छ । अधिकांश मेनपावर उच्च तहका नेताका नातेदार तथा उनीहरूसँग नजिकको सम्बन्ध बनाएका व्यक्तिले सञ्चालन गरेका कारण उनीहरू विभागको कारबाही र पत्राचारर्लाइ बेवास्ता गर्दै आएका छन् । कतिपय उच्च तहका नेताले चुनावी भाषणमा युवालाई प्रलोभनमा पार्न निःशुल्क वैदेशिक रोजगारीमा पठाइदिने बताउनुले उच्च तहका नेताको सम्बन्ध धेरै युवा विदेश पठाउने मेनपावरसँग रहेको बुझ्न सकिन्छ । आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया