सुरक्षा परिषद्द्वारा इजरायल–लेबनान समुद्री सीमा सम्झौताको स्वागत
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजरायल र लेबनानले समुद्री सीमा विवाद समाधानका निम्ति गरेका सम्झौताको स्वागत गरेको छ । दुवै देशले समुद्री सीमा विवाद अन्त्य गर्ने सम्झौताको घोषणा गरेकामा सुरक्षा परिषद्ले बुधबार त्यसको स्वागत गरेको हो ।
सुरक्षा परिषद्का सदस्यहरूले लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र यसलाई स्थायी रूपमा समाधान गर्न सहमत भएको घोषणाको प्रशंसा गरेका छन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने परिषद्ले एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वी भूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समान रूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्तिमा उल्लेख गरेको छ । लेबनान र इजरायलका नेताहरूले गत असोज २५ गते पूर्वी भूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया