NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सलमान र शाहरूखलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो २०२३ को बहुप्रतिक्षित फिल्म

एजेन्सी । बलिउडमा अभिनेता द्वय सलमान खान र शाहरू खानलाई पछि पार्दै दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनित ‘पुष्पा २’ सन् २०२३ को बहुप्रतिक्षित फिल्म बनेको छ ।

यसले ‘मोस्ट अवेटेड’ फिल्मको सूचीबाट शाहरूख अभिनित फिल्म ‘पठान’ र सलमान अभिनित फिल्म ‘टाइगर’ लाई पनि पछि पारेको छ । यी तीनै फिल्म सन् २०२३ मा प्रदर्शनमा आउँदै छन् ।

फिल्म पुष्पाले हिन्दी भाषाबाटमात्रै सय करोड भन्दा बढी कमाई गरेर सबैलाई चकित पारेको थियो । जसकारण यसको दोस्रो भागलाई लिएर फ्यानहरू निकै उत्तेजित छन् ।

आरम्याक्सले हालै जारी गरेको एक सूचीअनुसार पुष्पा २ ले २०२३ मा आउने अन्य बलिउड फिल्मलाई पछि पार्दै सबैभन्दा बहुप्रतिक्षित फिल्ममा आफ्नो स्थान बनाएको हो ।

गत वर्ष कोभिडकालसँगै रणवीर सिंह र दीपिका पादुकोण अभिनित फिल्म ८३ र स्पाइडर म्यान–नो वे होम जस्ता फिल्मसँग भिड्दा पनि यसले बक्स अफिसमा धूम मच्चाएको थियो । फिल्मले विश्वभरबाट तीन सय ५० करोड रूपैयाँको कमाई गरेको थियो ।

सुकुुमारको निर्देशनमा बनेको फिल्म ‘पुष्पा द राइज’ मा अल्लु अर्जुन, रश्मिका मंडना र फहाद फासिल मुख्य भूमिकामा देखिएका थिए । फिल्मको दोस्रो भागमा पनि यीनै स्टारकास्ट दोहोरिनेछन् ।