प्रधानमन्त्री देउवाद्वारा पर्वतीय संग्रहालयको अवलोकन

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गरेका हुन् ।
नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ ।
सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत श्रृङखलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा पोखरा गएका प्रधानमन्त्री देउवाले सङ्ग्रहालयको अध्ययन अवलोकनसँगै संस्थाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए ।
त्यसअघि उनलाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पा, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेलगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया