NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

एमाले अध्यक्ष ओलीले पनि बाँडे आश्वासन

काठमाडौं । मतदाता प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि निर्वाचन आयोगले कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला एमाले अध्यक्ष केपी ओलीले पनि त्यस्तै शैली अपनाउन थालेका छन् ।

एमाले अध्यक्ष ओली अहिले निर्वाचन अभियानका लागि गृह जिल्ला झापामा छन् । बिहीबार उनले दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । जहाँ उनले निर्वाचनपछि बृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् ।

‘हामीले एक सयबाट सुरु गरेको बृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार रूपैयाँ पुर्याउँछ,’ उनले भने ।

सबै क्षेत्रमा आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दाबी पनि उनले गरे ।

सोही कार्यक्रममा ओलीले जसपा र राप्रपा जोगाउने दायित्व एमालेको भएको अनौठो अभिव्यक्तिसमेत दिएका थिए ।