सोमालियालीलाई कम्तीमा एक अर्ब डलर सहयोग माग

सोमालिया । सोमालियाका कम्तीमा पनि एक ७६ लाख नागरिकको तत्कालै उद्धारका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलरको सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सोमालियामा अहिले करिब ७६ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेकाले त्यसको सहयोगका लागि उक्त रकम चाहिएको बताइएको हो । संयुक्त राष्ट्रसंघीय सहायता निकायहरुले सो कुराको जानकारी दिएका हुन् । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी तथा संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका सोमालियाली उपमहासचिव आदम अब्देलमुल्लाहले सो कुराको जानकारी दिएका हुन् ।
उपमहासचिव आदम र ती निकायहरुले शुक्रबार सो कुराको जानकारी दिए । उनले भनेका छन्, ‘सोमालियामा दिनप्रतिदिन मानवीय सहायताको खाँचो परिरहेको र यसका लागि विश्वका सहयाता एजेन्सीहरुले सहयोगको मात्रालाई थप बढाउनुपर्ने आवश्यकता छ । अन्यथा केही महिनामा नै यहाँको अवस्था निकै नै नाजुक हुनेछ ।
उनले यहाँ खाद्यान्नको अभाव भएको, जसका कारण बालबालिकामा कुपोषणको समस्या देखिएको, कतिपय स्थानमा त औषधिको आपूर्ति पनि आवश्यक मात्रामा गर्न नसकिएको पाइएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया