कांग्रेसको वागमती प्रदेश परिचालन उपसमितिको सह–संयोजकमा आचार्य
काठमाडौं । कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९, केन्द्रीय परिचालन समिति” को वागमती प्रदेश परिचालन समन्वय उपसमितिको सह–संयोजकमा काभ्रेका मधु आचार्यलाई मनोनयन गरिएको छ ।
समितिका संयोजक गोपालमान श्रेष्ठले आचार्यलाई सह–संयोजकमा मनोनित गरेका हुन् । आचार्य कांग्रेस काभ्रेका पूर्व सभापति हुन् ।
कांग्रसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि देशैभर नेता कार्यकर्ता परिचालन गरिरहेको छ । यसलाई थप व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमितिमार्फत काम गरिहेको छ ।
कांग्रेसले १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया