शीर्ष नेताको चुनावी दौडाह : मधेस झरे देउवा-प्रचण्ड, ओली फर्किए

काठमाडौं । सत्ताधारी गठबन्धन दलका नेताहरू चुनावी माहोल निर्माणका लागि देश दौडाहमा छन् । कात्तिक ५ गते शनिबार पनि उनीहरू दिनभर व्यस्त रहने छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरू एकसाथ निर्वाचन अभियानमा जुटेका छन् । शनिबार उनीहरू मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।
गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए ।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानका लागि गृह जिल्ला झापा पुगेका थिए । उनी भने त्यहाँबाट बिहीबार राजधानी फिर्ती भएका छन् । उनी मंगलबार झापा गएका थिए ।
आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणाम दलको पोल्टामा पार्न ओली सक्रिय छन् । उनले शुक्रबार कल केपी बा कार्यक्रमअन्तर्गत सर्वसाधारणसँग टेलिफोनमा भलाकुसारी गरेका थिए ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया