NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

डेंगुबाट थप १ जनाको मृत्यु, थप ४८ संक्रमित

काठमाडौं । डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै यस वर्ष देशभित्र डेंगुबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार, गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएका छन् ।

मुलुकका ७७ वटै जिल्लामा डेङ्गु फैलिएको छ ।

आज ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात सय ९८ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ । हालसम्म नेपालमा १० लाख चार सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार छ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने १२ हजार १८ जनाको मृत्यु भएको छ ।

शनिबार २३ हजार छ सय सात जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।