सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी पनि अघिल्लो कारोबारको तुलनामा ४५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको विवरणमा उल्लेख छ ।
यसको मूल्य शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ निर्धारण गरिएकाे थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया