सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन–चाँदीको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी पनि अघिल्लो कारोबारको तुलनामा ४५ रुपैयाँले बढेर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको विवरणमा उल्लेख छ ।
यसको मूल्य शुक्रबार तोलामा ११ सय ७० रुपैयाँ निर्धारण गरिएकाे थियो।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया