१५ दिनपछि खुल्यो नाग्म–गमगढी राजमार्ग

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिरोका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो ।
नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पू-याएको थियो । सो गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म करिब आठ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिराले क्षति गरेको थियो । सो पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।
नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएको कार्यालयका इन्जिनियर गणेश भक्रीले बताए । हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ ।
थप मर्मतको काम जारी छ । सडक सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकलाई रारा ताल पुग्न सहज भएको बताइएको छ ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया