NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

५० वर्षपछि नुहाएका थिए, साबुन–पानी छोएको केही दिनमै भयो मृत्यु

काठमाडौं (एजेन्सी) । उनी एक सन्यासी थिए । मिडियाले ‘संसारको सबैभन्दा फोहोर व्यक्ति’ भनेर बोलाएको थियो। ती व्यक्तिको ९४ वर्षको उमेरमा निधन भएको छ ।

उनले केही महिनाअघि मात्रै पाँच दशकमा पहिलो पटक नुहाएका थिए ।

अमो हाजी ५० वर्षभन्दा बढी समयसम्म साबुन र पानीबाट टाढा रहे। तिनको प्रयोगले बिरामी पर्न सक्छ भय उनमा थियो ।

अमो दक्षिणी इरानको फार्स प्रान्तमा बस्थे। यसअघि पनि उनको गाउँका मानिसहरूले उनलाई नुहाउन भनेका थिए । तर उनले इन्कार गर्दै आए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिनाअघि हाजीले गाउँलेहरूको दबाबमा झुकेर साबुन र पानीले आफ्नो शरीर सफा गरेका थिए।

इरानको समाचार एजेन्सी इर्नाका अनुसार उनी नुहाएर मात्र बिरामी परेका थिए र आइतबार उनको मृत्यु भएको थियो।

सन् २०१४ मा तेहरान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो मनपर्ने खाना पोर्क्युपिन भएको बताएका थिए । उनी जमिनको प्वालमा र देजगाह गाउँमा गाउँलेहरूले बनाएको झुपडीमा बस्थे ।

अन्तर्वार्तामा उनले यस्तो जीवन जिउनुको कारण युवावस्थामा भोगेका तीतो भावनात्मक अनुभव भएको बताएका थिए ।

दशकौंदेखि नुहाउन नसक्दा उनको छाला कालो भएर पिपले भरिएको थियो ।

समाचार एजेन्सी इर्नाका अनुसार उनी सडेको मासु खान्थे र तेलको पुरानो क्यानबाट फोहोर पानी पिउँथे।

उसलाई चुरोट खान मन लाग्थ्यो। एउटा तस्बिरमा उनी एकै पटक चुरोटका धेरै खिल्ली लिएर बसेको देख्न सकिन्छ ।

समाचार एजेन्सीका अनुसार उनलाई नुहाउन खोज्दा वा पिउनको लागि सफा पानी खुवाउँदा दुःखी हुन्थे ।

तर उनले यति लामो समय नुहाएर बिताएको रेकर्ड बनाउन सकेनन् भन्ने विवाद छ ।

सन् २००९ मा एक भारतीय व्यक्तिबारे रिपोर्ट आएको थियो । जसअनुसार, उनले ३५ वर्षसम्म उनले न दाँत माझे न नुहाए ।

उनलाई पछि के भयो भन्ने बारे कुनै नयाँ जानकारी बाहिर आएको छैन।

ताजा अपडेट

नेपालवाच विशेष