कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । कांग्रेसले शनिबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । यस अघि नै घोषणापत्र सार्वजनिक गर्ने तयारी भए पनि शनिबार कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए । कांग्रेसले घोषणालाई यसपटक नेपाली कांग्रेसको संकल्पपत्र भनेको छ ।
महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको टिमले यसपटकको चुनावनको घोषणापत्र तयारी गरेको हो ।
शर्माले विभिन्न विधाका ‘एक्सपर्ट’लाई सहभागी गराउँदै संकल्प प्रस्ताव तयार गरेका हुन् । यसमा अल्पकालीन र केही दीर्घकालीन कार्यक्रमम समेटिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया