NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ७ गते

अमेरिकी संसदकी सभामुख पेलोसीको घरमा आक्रमण, श्रीमान घाइते

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको क्यालिफोर्नियास्थित घरमा एक व्यक्तिले आक्रमण गरेका छन् । शुक्रबार आक्रमणकारी घरमा प्रवेश गरी पेलोसीको श्रीमानमाथि आक्रमण गरेका छन् । आक्रमणबाट श्रीमान् पल पेलोसी घाइते भएका छन् र उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिन सफलता मिलेको छ । उनको परिचय भने खुलाइएको छैन ।आक्रमणको कारण पनि खुलेको छैन । रिपोर्टका अनुसार शुक्रबार बिहान घटना हुँदा पेलोसी घरमा थिइनन्।

न्यान्सी पेलोसी र पल पेलोसीको विवाह सन् १९६३ मा भएको थियो । न्यान्सी अमेरिकी राजनीतिमा शक्तिशाली नेताका रूपमा चिनिए पनि उनका पति लगानीकर्ता हुन्। यस वर्षको सुरुमा उनको कार दुर्घटना भएको थियो, त्यसपछि प्रहरीले मदिरा सेवन गरी गाडी चलाएको अभियोग लगाएको थियो । यस मुद्दामा दोषी ठहर भएका उनलाई पाँच दिनको जेल सजाय सुनाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष