अमेरिकी संसदकी सभामुख पेलोसीको घरमा आक्रमण, श्रीमान घाइते
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीको क्यालिफोर्नियास्थित घरमा एक व्यक्तिले आक्रमण गरेका छन् । शुक्रबार आक्रमणकारी घरमा प्रवेश गरी पेलोसीको श्रीमानमाथि आक्रमण गरेका छन् । आक्रमणबाट श्रीमान् पल पेलोसी घाइते भएका छन् र उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिन सफलता मिलेको छ । उनको परिचय भने खुलाइएको छैन ।आक्रमणको कारण पनि खुलेको छैन । रिपोर्टका अनुसार शुक्रबार बिहान घटना हुँदा पेलोसी घरमा थिइनन्।
न्यान्सी पेलोसी र पल पेलोसीको विवाह सन् १९६३ मा भएको थियो । न्यान्सी अमेरिकी राजनीतिमा शक्तिशाली नेताका रूपमा चिनिए पनि उनका पति लगानीकर्ता हुन्। यस वर्षको सुरुमा उनको कार दुर्घटना भएको थियो, त्यसपछि प्रहरीले मदिरा सेवन गरी गाडी चलाएको अभियोग लगाएको थियो । यस मुद्दामा दोषी ठहर भएका उनलाई पाँच दिनको जेल सजाय सुनाइएको थियो ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया