यस्तो छ कांग्रेस घोषणापत्रको संक्षिप्त रुप

काठमाडौं । सत्ता गठबन्धन बनाएर ४ मंसिरको चुनाव लड्दै गरेको कांग्रेसले शनिबार केही लोकप्रिय कार्यक्रमसहित चुनावी घोषणापत्र जारी गरेको छ ।
हामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा विभिन्न विधाका विज्ञलाई सहभागी गराएर कांग्रेसले यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको हो ।
अब फेरि पनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन हुने आशयले कांग्रेसले बजेट भाषणकै शैलीमा केही लोकप्रिय कार्यक्रमलाई घोषणापत्रमा समेटेको छ ।
प्रधानमन्त्री एवं कांग्र्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक कार्यक्रममा बीच संकल्पप्रस्ताव सार्वजनिक गरेका थिए ।
कांग्रेसको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, उर्जा, रोजगारी, पर्यटनसहितका विषयलाई प्राथमिकताको साथ उठाइएको छ ।
यस्तो छ कांग्रेस घोषणापत्रको संक्षिप्त रुप
प्रतिक्रिया