गुजरातको मोरबीमा पुल भत्कियो, सयभन्दा बढीको मृत्यु
एजेन्सी । भारतको गुजरातस्थित मोरबीमा झोलुङ्गे पुल भत्किदाँ कमसेकम एक सय ३७ जनाको मृत्यु भएको छ ।
मृत्युको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लामो समयसम्म पुर्ननिर्माण तथा मर्मत भएपछि अघिल्लो हप्तामात्रै उक्त पुल सञ्चालनमा आएको थियो । सञ्चालनमा ल्याइएको केही दिनमै आइतबार साझ ६ बजे पुल भत्कियो । दिपावलीको छेको पारेर खोलिएको उक्त पुलमा पाँच सय भन्दा मानिस त्यस दिन जम्मा भएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उक्त पुल खोलिनुअघि लिनुपर्ने फिटनेस सर्टिफिकेट नै नलिइ खोलिएको थियो ।
गुजरात पर्यटन विभाग र मोरबी शहरको आधिकारिक वेबसाइटअनुसार यो पुल आजभन्दा सय वर्ष पहिला बनेको हो । यसलाई भारतमा इन्जिनियरिङ चमत्कार मानिन्छ जसले मोरबीका शासकहरूको प्रगतिशील र वैत्रानिक प्रकृतिलाई झल्काउँछ ।
माच्छु खोलामाथि रहेको यो पुल १.२५ मिटर चौडा र दुई सय ३३ मिटर लामो थियो । घटनाबारे पूर्ण विवरण अझै आउन बाँकी छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया