गुजरातको मोरबीमा पुल भत्कियो, सयभन्दा बढीको मृत्यु
एजेन्सी । भारतको गुजरातस्थित मोरबीमा झोलुङ्गे पुल भत्किदाँ कमसेकम एक सय ३७ जनाको मृत्यु भएको छ ।
मृत्युको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लामो समयसम्म पुर्ननिर्माण तथा मर्मत भएपछि अघिल्लो हप्तामात्रै उक्त पुल सञ्चालनमा आएको थियो । सञ्चालनमा ल्याइएको केही दिनमै आइतबार साझ ६ बजे पुल भत्कियो । दिपावलीको छेको पारेर खोलिएको उक्त पुलमा पाँच सय भन्दा मानिस त्यस दिन जम्मा भएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उक्त पुल खोलिनुअघि लिनुपर्ने फिटनेस सर्टिफिकेट नै नलिइ खोलिएको थियो ।
गुजरात पर्यटन विभाग र मोरबी शहरको आधिकारिक वेबसाइटअनुसार यो पुल आजभन्दा सय वर्ष पहिला बनेको हो । यसलाई भारतमा इन्जिनियरिङ चमत्कार मानिन्छ जसले मोरबीका शासकहरूको प्रगतिशील र वैत्रानिक प्रकृतिलाई झल्काउँछ ।
माच्छु खोलामाथि रहेको यो पुल १.२५ मिटर चौडा र दुई सय ३३ मिटर लामो थियो । घटनाबारे पूर्ण विवरण अझै आउन बाँकी छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया