कीर्तिपुरमा सिमसार म्युजिक फेस्टिवल हुँदै
काठमाडौं । काठमाडौँस्थित कीर्तिपुरमा ‘विच लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिवल हुने भएको छ । उक्त फेस्टिवल यहि कार्तिक २६ देखि सुरु हुने भएको हो ।
आयोजक ‘विच लोकल नेपाल’ का निकेस महर्जनका अनुसार सिम क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुरको सिम क्षेत्रमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।
कीर्तिपुरको सिम क्षेत्रमा पहिलोपटक म्युजिक फेस्टिवल हुन लागेको महर्जनले बताए । म्युजिक फेस्टिवल हेर्न प्रवेश शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तय गरिएको छ ।
कीर्तिपुर ४ मा सुरु हुन लागेको यो फेस्टिवलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब र नाइट एण्ड मेनी मोरको प्रस्तुति रहने जनाइएको छ ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया