अफगानिस्तानमा सडक दुर्घटना, ३० घाइते

ऐजन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् ।
एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ । काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।
दुर्घटनाको कारण हाल पुष्टि भएको छैन् । तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया