अफगानिस्तानमा सडक दुर्घटना, ३० घाइते
ऐजन्सी । अफगानिस्तानको दक्षिण भागमा पर्ने जाबुल प्रान्तमा सोमबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ३० व्यक्ति घाइते भएका छन् ।
एक कार र ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको जनाइएको छ । काबुल र कान्दाहार राजमार्गमा एक विवाह समारोहमा गईरहेको एक ट्रक कारसँग ठोक्किँएको खामा प्रेसले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा महिला र बालबालिका रहेका र उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।
दुर्घटनाको कारण हाल पुष्टि भएको छैन् । तर चालकको लापरवाह र तीव्र गतिमा सवारी साधान चलाउने नै अफगानिस्तानमा प्रायः दुर्घटनाहरुको कारण बनेको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया