इन्डोनेसियाका एयरपोर्टहरूमा जी २० प्रतिनिधिहरू र पत्रकारहरूका लागि फ्री भिसा
काठमाडौं (एजेन्सी) । जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारहरूले जकार्ताको सोइकार्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तर्राष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि निःशुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन्। सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मङ्गलबार सोबारे जानकारी दिएको हो।
बाली रिसोर्ट टापुमा हुन लागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी, फिर्ता वा एकतर्फी टिकट र दर्ताको प्रमाण वा निमन्त्रणा पत्र लगायतका आवश्यक कागजातहरू मात्र पेश गर्नुपर्ने अधिकारीहरूले जनाएका छन् ।
‘निःशुल्क भिसा प्रवेश नीति नोभेम्बर १८ सम्म कायम रहनेछ। र जी–२० सहभागीहरूलाई इन्डोनेसिया प्रवेशमा सहजता ल्याउँने उद्देश्यले सो निर्णय गरिएको जनाइएको छ।
‘हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो अध्यागमन सेवाहरूसँग सहभागीहरूलाई सहज र सुरक्षित बनाउनु हो,’ एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख मुहम्मद टिटो एन्ड्रियान्टोले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया