विहारमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु
एजेन्सी । भारतको पूर्वी राज्य विहारका विभिन्न भागमा छठ स्नानका क्रममा डुबेर ५३ जनाको मृत्यु भएको छ ।
हिन्दु धर्मावलम्बीहरूको चारदिने चाड छठमा सूर्य उपासना, स्नान गर्न नदी तथा तलाउमा गएका श्रद्धालुको डुबेर मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए ।
विहारका मुख्यमन्त्री नीतिश कुमारले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारलाई क्षतिपूर्तिस्वरुप राज्यकोषबाट चार लाख उपलव्ध गराउने घोषणा गरेका छन् ।
उनले क्षतिपूर्ति बापतको रकम तत्काल पीडितका परिवारलाई प्रदान गर्ने व्यवस्था मिलाउन जिल्लाका सम्बद्ध अधिकारीलाई निर्देशन पनि दिएका छन् ।
प्रकाशको पर्व दीपावलीको अन्त्यसँगै भारतमा छठ पर्व प्रारम्भ हुन्छ । उत्तर एवम् पूर्वी भारतका हिन्दुहरूमा जलाशय तथा नदीमा स्नान गरी सूर्य भगवान्को उपासना गर्ने प्रचलन छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया