दाङमा चुनावी कार्यक्रममा व्यस्त उम्मेदवार

देउखुरी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले घरदैलो र चुनावी कार्यक्रममा व्यस्त भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नं १ बाट गठबन्धनकातर्फबाट नेकपा (एकीकृत समाजवादी) का नेता सहरी विकासमन्त्री मेटमणि चौधरी र नेकपा एमालेका तर्फबाट नेत्री शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । २०७४ सालमा मेटमणि नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यस्तै नेत्री चौधरी समानुपातिक सूचीमा परेकी थिइन् । यस निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, नेपाली कांग्रेस बिपीबाट अशोक खड्का, नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी(सत्गौव) र राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार रहेका छन् ।
यसैगरी लोकतान्त्रिक (समाजवादी पार्टी) नेपालबाट प्रतिमा बुढामगर, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट शोभाराम बुढा र स्वतन्त्रबाट चन्द्रमणि न्यौपानेसमेत उम्मेदवार रहेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं १ को ९१० बाट प्रदेशसभा सदस्यमा नेकपा ९एमाले०बाट गङ्गाराम भट्टराई, नेकपा (माओवादी केन्द्र) बाट इन्द्रजीत थारुबीचमा प्रतिस्पर्धा देखिएको छ । यस्तै निर्वाचन क्षेत्र नं १ को (२) मा नेपाली कांग्रेसबाट अनुराग खड्का, नेकपा एमालेबाट कूलबहादुर खत्री क्षेत्रीबीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
कांग्रेस उम्मेदवार खड्का नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा छन्र । दाङ निर्वाचन क्षेत्र न १ को १० मा ७० हजार दुई सय ६७ र ९२० मा ६४ हजार चार सय ६६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दाङमा क्षेत्र नं १ को ९१० मा २४ वटा मतदानस्थल र ७८ वटा मतदान केन्द्र कायम गरिएको छ । त्यसैगरी क्षेत्र नं १ को ९२० मा २७ मतदानस्थल, ७४ मतदान केन्द्र रहेको क्षेत्र न १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । जिल्लाको समग्र निर्वाचनमध्ये क्षेत्र नं २ ले सबैको ध्यान खिचेको छ ।
यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट पार्टीका महासचिव शङ्कर पोखरेल र सत्तापक्षीय गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् । नेपाली कांग्रेस बिपीका गोविन्दप्रसाद शर्मा, नेकपा (माले) का नेत्रप्रसाद पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका भोलानाथ योगी, नेमकिपाका आशाराम वैद्य, मङ्गोल नेशनल अर्गनाइजेशनका खड्कबहादुर बुढामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी, मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्का, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी स्वतन्त्र यमलाल जिसी र भुपनाथ अर्जेल र कृष्णबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं २ को १ बाट नेकपा एमालेका बलिभद्र राना र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल र क्षेत्र नं २ को २ बाट नेकपा एमालेका गिरिराज केसी, नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेबीचमा प्रतिस्पर्धा रहने देखिएको छ ।
क्षेत्र नं २ को १० मा ६३ हजार तीन सय २२ मतदाता छन् भने ९२० मा ७० हजार चार सय २६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । क्षेत्र नं २ को ९१० मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र, क्षेत्र नं २ को ९२० मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीबीचमा प्रतिस्पर्धा रहेको छ ।
यस्तै प्रदेशसभातर्फ ३ (१०) मा नेकपा एमालेका तर्फबाट घनश्याम पाण्डे, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीबीचमा प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी निर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा एमालेका हुकुमबहादुर बस्नेत र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की मुख्य प्रतिस्पर्धी रहेका छन्र ।
त्यसैगरी क्षेत्र नम्बर ३ को १ मा २१ मतदानस्थल, ७४ मतदान केन्द्र, क्षेत्र नं ३ को २ मा ३३ मतदानस्थल र ९३ वटा मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालय दाङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा चार लाख १९ हजार नौ सय २४ जना मतदाता रहेको जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया