चुनाव प्रचार गर्न दल र उम्मेदवारलाई आजदेखि खुला
काठमाडौं । आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार गर्न आजदेखि खुला गरिएको छ ।
निर्वाचन आयोगले बिहीबारदेखि १७ दिन दलहरूले चुनावी प्रचार गर्न पाउने जनाएको छ ।
बुधबारसम्म घरदैलो अभियान गरेका दलले बिहीबारदेखि आगामी मंसिर १ गतेसम्म आमसभा, जुलुस, कोणसभा र सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पाउनेछन् ।
आमसभासहितको चुनाव प्रचार गर्ने समय पनि आयोगले तोकेको छ । आयोगका अनुसार, बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र दल र तिनका उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउँछन् ।
उम्मेदवारहरूले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भएकाबाहेक अन्य आश्वासन, प्रलोभनसमेत यो अवधिमा दिन पाउँदैनन् ।
आयोगले आचारसंहिताको परिधिमा रहेर प्रचार गर्न सबैमा अनुरोध गरेको छ । आचारसंहिता उल्लंघन गर्ने ७१ उम्मेदवारलाई आयोगले यसअघि नै स्पष्टीकरण सोधिसकेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया