ग्रिककाे इभामा डुंगा डुब्दा हराएका २० यात्रुको शव फेला
एजेन्सी । ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ ।
उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्मीहरुका अनुसार सो क्षेत्रमा मङ्गलबार डुँगा डुब्दा ती यात्रु हराएका थिए । मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरुको शव भेटिएको बताएका छन् ।
ग्रिकको राष्ट्रिय समाचार समितिले डुंगा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरु त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अन्य २० जनाको शव बुधबार निकालिएको पनि सो समाचार उद्धारकर्मीलाई उद्धृत गर्दै सो समाचार समितिले जनाएको छ ।जिवीतै उद्धार गरिएकाहरुले सो डुंगामा ६८ जना यात्रु रहेका जनाएका छन् ।
त्यस डुंगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रबासीहरु रहेका बताइएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया