प्रधानमन्त्री देउवाले डडेल्धुरामा एकै दिन बाँडे १२ लाख

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लक्षित गरी एकै दिन १२ लाख रूपैयाँ बाँडेका छन् । उनले राज्यकोषबाट रकम निकालेर गृह जिल्ला डडेल्धुराका ४ जनालाई वितरण गरेका हुन् । यससम्बन्धी निर्णय भने गत असोज ७ गतेको मन्त्रिपरिषद् बैठकबाट गराएको पाइएको छ ।
देउवाको प्रस्तावमा अजयमेरू गाउँपालिका– ३ कि जानकीदेवी पाण्डेलाई दुई लाख र आलिताल गाउँपालिका–१ कि कल्पनादेवी गुरुङ्गलाई तीन लाख रूपैयाँ बाँडिएको छ ।
त्यसैगरी,साविक बगरकोट–३, डडेल्धुराकी शुभम् मडैलाई तीन लाख र अगरगढी नगरपालिका–५ का लोकेन्द्रबहादुर गुरुङ्गलाई चार लाख रूपैयाँ दिइएको छ ।
प्रतिक्रिया