मिस अर्थमा खुलेकी सरिशा (तस्बिर र भिडियोसहित)
काठमाडौं । मिस अर्थमा मिस नेपाल सरिशा श्रेष्ठले आफ्नो प्रस्तुति पेस गरेकी छन् । १ मिनेटको भिडियोमा उनी उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् ।
फिलिपिन्सको मनिलामा भर्चुअल माध्यमबाट मिस अर्थ सुरु भएको छ । शनिबार बेलुका यसमा नेसनल कस्ट्युम प्रतिस्पर्धा थियो । जसमा प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय पहिचान दिने पहिरनसहितको भर्चुअल प्रस्तुति दिए ।
प्रतिस्पर्धामा सहभागी नेपालकी मिस नेपाल श्रेष्ठले जल, जंगल र चराचुरुगी प्रस्तुत गरेकी छन् । उनले काँडे भ्याकुरलाई पनि देखाएकी छन् । काँडे भ्याकुर संकटापन्न अवस्थामा पुगेको चरा हो ।

काठमाडौंको सभ्यता सुरु भएको स्थान मानिन्छ, चोभार । उनले यही ऐतिहासिक स्थल पुगेर भिडियो र फोटो सुट गरेकी छन् । जसमा उनी निकै हट अवतारमा देखिएकी छन् ।
फिलिपिन्समा जारी मिस अर्थमा विभिन्न देशसँगै नेपालकी मिस नेपाल श्रेष्ठ पनि सहभागी छिन् । यसको फिनाले नोभेम्बर १९ मा हुँदैछ ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया