मिस अर्थमा खुलेकी सरिशा (तस्बिर र भिडियोसहित)
काठमाडौं । मिस अर्थमा मिस नेपाल सरिशा श्रेष्ठले आफ्नो प्रस्तुति पेस गरेकी छन् । १ मिनेटको भिडियोमा उनी उनी निकै हट एण्ड बोल्ड देखिएकी छन् ।
फिलिपिन्सको मनिलामा भर्चुअल माध्यमबाट मिस अर्थ सुरु भएको छ । शनिबार बेलुका यसमा नेसनल कस्ट्युम प्रतिस्पर्धा थियो । जसमा प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय पहिचान दिने पहिरनसहितको भर्चुअल प्रस्तुति दिए ।
प्रतिस्पर्धामा सहभागी नेपालकी मिस नेपाल श्रेष्ठले जल, जंगल र चराचुरुगी प्रस्तुत गरेकी छन् । उनले काँडे भ्याकुरलाई पनि देखाएकी छन् । काँडे भ्याकुर संकटापन्न अवस्थामा पुगेको चरा हो ।

काठमाडौंको सभ्यता सुरु भएको स्थान मानिन्छ, चोभार । उनले यही ऐतिहासिक स्थल पुगेर भिडियो र फोटो सुट गरेकी छन् । जसमा उनी निकै हट अवतारमा देखिएकी छन् ।
फिलिपिन्समा जारी मिस अर्थमा विभिन्न देशसँगै नेपालकी मिस नेपाल श्रेष्ठ पनि सहभागी छिन् । यसको फिनाले नोभेम्बर १९ मा हुँदैछ ।

ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया