NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

१४ सयले बढ्यो सुनको मूल्य

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रूपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। शुक्रबार यसको मूल्य १ हजार २२५ रुपैयाँ तोकिएको थियो ।