१४ सयले बढ्यो सुनको मूल्य
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य १४ सय रूपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। शुक्रबार यसको मूल्य १ हजार २२५ रुपैयाँ तोकिएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया