उत्तर कोरियाले फेरि गर्यो क्षेप्यास्त्र परीक्षण
एजेन्सी । भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ ।
प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ ।
दक्षिणकोरियाले प्योङयाङका उत्तेजक गतिविधिलाई दृढतापूर्वक जवाफ दिने बताउँदै कोरिया र अमेरिकाको संयुक्त प्रतिरक्षा क्षमता क्षीण नभएको चेतावनी दिएको छ । प्योङयाङले शुक्रबार संयुक्त राज्य अमेरिका र दक्षिणकोरियालाई उत्तेजक वायुसेनाको अभ्यास रोक्न माग गरेको थियो ।
अभ्यासका क्रममा सुपरसोनिक बमवर्षक विमानसमेत समावेश गरिएपछि चिढिएको उत्तरकोरियाले संयुक्त सैन्य अभ्यास समाप्त हुनेबित्तिकै फेरि क्षेप्यास्त्र परीक्षण गरेको हो ।
वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश थिए । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले गत साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो ।
यसैबीच, संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी एवम् चीन र रूसका कूटनीतिज्ञबीच राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गम्भीर मतभेद भएको छ । अमेरिका र उसका सहयोगीले चीन र रूसको संरक्षणमा प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाएको आरोप लगाउँदै त्यसले कोरियाली प्रायद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम गर्ने प्रयास निरर्थक भएको र निःशस्त्रीकरणसम्बन्धी सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन भएकामा आपत्ति जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया