निर्वाचनपछि एमालेको नेतृत्वमा संयुक्त सरकार बन्छ : अध्यक्ष ओली
काठमाडौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले नेतृत्वमा संयुक्त सरकार बन्ने दाबी गरेका छन् ।
सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वमा जसपा र राप्रपासहितको संयुक्त सरकार बन्ने दाबी गरे । निर्वाचनपछि एमालेको तुलनामा कांग्रेस निकै फराकिलो अन्तरकासाथ सानो आकारमा खुम्चिने जिकिर गरे । गठबन्धनको नाममा विपक्षीहरूले एमालेकै हाराहारीमा भोट ल्याउँछ भनेर इम्प्रेसन पार्न खोजिएपनि त्यो सम्भव नहुने बताए ।
‘अहिले विभिन्न नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ’, उनले भने, ‘एमाले कांग्रेसको हाराहारीमा होइन ठूलो मतान्तरका साथ अत्याधिक बहुमत ल्याउँछ । एकल बहुमतका साथ एमालेले सरकार बनाउँछ ।’
कार्यक्रममा ओलीले एमालेले एकल बहुमत ल्याएपनि एमालेसँग चुनावी तालमेल गर्ने दललाई सरकारमा लैजाने बताए ।
‘
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया