इजरायल रोजगारी : कृषिमा हजार नेपाली लगिँदै

काठमाडौं । इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने सम्बन्धमा दुई देशका प्रतिनिधित्वबीच पहिलो चरणको छलफल भएको छ । कृषि क्षेत्रका लागि जाने नेपाली श्रमिकको छनोट, योग्यता तथा अन्य मापदण्डका बारेमा पहिलो चरणको छलफल भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले इजरायलले छनोटलगायत मापदण्डको प्रस्ताव पठाएपछि थप प्रक्रियाका बारेमा काम गर्ने बताए ।
‘इजरायलले तत्काल छनोट तथा योग्यतासम्बन्धी प्रस्ताव पठाउने जनाएका कारण त्यसको प्रतीक्षामा रहेका छौं,’ उनले भने, ‘इजरायलले कस्ता श्रमिक लैजाने भन्ने टुंगो लगाएपछि मात्र छनोटसम्बन्धी गाइडलाइन बनाउँछौं ।’
श्रम मन्त्रालयले भने नेपालबाट कृषि कामदार लैजाने सम्बन्धमा अध्ययन गर्न १ महिनाअघि नै टोली गठन गरेको थियो । इजरायलले हाल नेपालबाट एक हजारभन्दा बढी केयरगिभर माग गरिसकेको छ भने कृषि क्षेत्रमा समेत १ हजार नेपाली लैजाने प्रतिबद्धता जनाएको छ । हाल इजरायलको विभिन्न कृषि उद्योगमा धेरै नेपाली कार्यरत छन् ।
यसअघि केयरगिभरमा माग गरिएकामध्ये १ हजारभन्दा बढी नेपाली इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । कृषि क्षेत्रका लागि जाने नेपालीको छनोटदेखि अन्य प्रक्रिया जिटुजीमार्फत नै गरिने वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । महानिर्देशक आचार्यले कृषि क्षेमा इजरायल जाने नेपाली श्रमिकले साधारण अंग्रेजी भाषा बोल्न सक्ने मापदण्डसहित कृषि क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिनसक्ने बताए । इजरायल सरकारले आगामी जनवरीसम्म कृषि क्षेत्रका १ हजारमध्ये ४ सयलाई लैजाने जनाउँदै आएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
लुम्बिनी र गण्डकी प्रदेश सरकार संयुक्त बैठकः गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति
-
स्वास्थ्य मन्त्रालयले फागुनभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने
-
सेयर बजारमा आज पनि सुधार
-
चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
-
प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
प्रतिक्रिया