कोका-कोलाको फिफा विश्वकप क्याम्पेन ‘ड्रिंक-विलिभ-विन’ सुरू
काठमाडाैं । फिफा वल्डकप माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्डकप विशेष लेबल सार्वजनिक गरेको छ । ‘ड्रिंक-बिलिभ-विन’ नाम रहेको यस क्याम्पेनअन्तर्गत उपभोक्ताहरूले फिफा अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् ।
यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । त्यस्तै कोक(स्पेस) (लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ अथवा https://www.coca-cola.com.np/ मा गएर आवश्यक जानकारी प्रदान गरेर पनि यस क्याम्पेनमा सहभागि हुन सकिनेछ ।
कार्तिक १५ बाट सुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइट https://www.coca-cola.com.np/ मा गएर हेर्न सकिनेछ । पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ ।
नियम तथा शर्तहरु लागु हुनेछन् ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया