जनता झुक्याउन ल्याइएका सत्ता गठबन्धनका घोषणापत्र लागु हुन सक्दैन : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले फरक–फरक घोषणापत्र ल्याएर जनता अल्मल्याउने काम गरेको आरोप लगाएका छन् ।
बुधबार झापामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनबाट जनता झुक्याउने कामबाहेक केही नगरेको बताएका हुन् ।
‘गठबन्धन भनेका छन् । कांग्रेसको छुट्टै घोषणापत्र छ । माओवादीको छुट्टै छ । नेकपा एकको आफ्नै घोषणापत्र छ’, गठबन्धनमाथि ओलीले प्रश्न गर्दै भने, ‘कुन चाहिँ घोषणापत्र लागु गर्ने ? यी सबै जनता झुक्याउनेबाहेक केही होइन ।’
उनले सत्ता गठबन्धनको कुनै गन्तव्य नभएकाले आगामी निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताए । टालाटुली बटुलेर अब राष्ट्रिय शक्ति नबन्ने भन्दै उनले नेपालीको समृद्धी र विकासका लागि एमालेको विकल्प नभएको बताए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया