NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ कार्तिक २६ गते

नाटकीय समीकरणपछि पाकिस्तानले यसरी रच्यो फाइनलसम्मको रोमाञ्चक यात्रा

काठमाडौं । कुनै समय सुपर १२ बाटै बाहिरिने अवस्थामा पुगेको पाकिस्तान नाटकीय समीकरणपछिका खेल जित्दै अन्ततः टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

सुपर १२ को पहिलो खेलमा अन्तिम बलमा भारतसँग र जिम्बाब्वेसँग १ रनको रोमाञ्चक पराजयपछि पाकिस्तान कठिन अवस्थामा पुगेको थियो । तर सुपर १२ का दुई खेल हारिसकेपछि पाकिस्तानकाे बाँकी तीन खेल जितेर पनि सेमिफाइनलको बाटो तताउने समीकरण आफ्नो हातमा मात्र थिएन ।

आफूले जितेपछि बाँकी नतिजा पनि आफू अनुकूल आउनुपर्ने थियो । तर भयो पनि त्यस्तै, नेदरल्याण्डसले बलियो दक्षिण अफ्रिकालाई अप्रत्याशित रुपमा पराजित गरेपछि पाकिस्तान र बंगालादेशलाई सेमिफाइनल पुग्न  बाटाे खुलेको थियो । तर पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेर सेमिफाइनलकाे बाटाे सुरक्षित गर्रयाे । नेदरल्याण्डसको सोही जितले भारत पनि एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।

पाकिस्तान भने सुपर १२ को पहिलो खेलमा भारतसँग अन्तिम बलमा चार विकेटले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा जिम्बाब्वेसँग १ रनको अप्रत्याशित पराजय बेहोरेपछि सेमिफाइनल प्रवेशको बाटोमा पाकिस्तान धर्मराएको थियो । तर त्यसपछिका लगातार तीन खेलमा विजयी हुन पुग्यो । नेदरल्याण्डसलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ र बंगलादेशलाई ५ विकेटले हराएपछि पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको थियो ।

May be an image of 6 people and people standing

नेदरल्याण्डसँग दक्षिण अफ्रिका पराजित भएपछि भारत पनि अन्तिम खेलमा जिम्बाब्वेसँग खेल्नु अगावै सेमिफाइनल पुगेको थियो ।

जिम्बाब्वेलाई हराएपछि समूह विजेता हुँदै भारतले इंग्ल्याण्डसँगको भेट पक्का गरेको थियो । जिम्बाब्वेले भारतलाई हराएको भए सेमिफाइनमा पाकिस्तान र इंग्ल्याण्ड, भारत र न्युजिल्याण्ड भिड्ने थिए । तर अर्को समीकरणले अहिलेको सेमिफाइनलको प्रतिस्पर्धा पक्का भएको थियो । अन्ततः यही समीकरणले पाकिस्तानको फाइनलसम्मको यात्रा तय भएको छ । अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्डसँगको विजेतासँग पाकिस्तानले उपाधिको लागि खेल्नेछ ।

यस्तो रह्यो पाकिस्तानको फाइनल

सेमिफाइनलमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिङ रोज्यो । तर डरेल मिचेलले ५३ र केन विलियम्सनले ४६ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन बनाउन नसकेपछि न्युजिल्याण्डले पाकिस्तानलाई मध्यम लक्ष्य दिएको थियो । तर पाकिस्तानका लागि यो प्रतियोगितामा नै नचलेका कप्तान बाबर आजम नायकसावित भए ।

May be an image of 3 people and people standing

उनी नचल्दा १३१ हाराहारीको लक्ष्यमा पनि पाकिस्तान १ रनले चुकेको थियो । बाबरकाे ब्याट चलेपछि पाकिस्तानले मध्यम लक्ष्यलाई पनि भेट्याएर फाइनलको यात्रा तय गर्यो । न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य २ विकेट गुमाएर ५ बल अगावै पूरा गर्ने क्रममा पाकिस्तानले ७ विकेटको सानदार जित निकाल्यो ।

यसक्रममा बाबरले ४२ बलमा ५३ र रिजवानले ४२ बलमा ५७ रन बनाए । महम्मद हरिशले २६ बलमा आक्रामक ३० रन बनाएपछि पाकिस्तानले सहजै जित हात पार्यो । छिटो जित्ने धुनमा पछिल्ला विकेट गुमाउनेबाहेक पाकिस्तान कुनै पनि समयमा दबाबमा नआइकन जितसम्म पुगेको हो ।

यता न्युजिल्याण्डले सुपर १२ को पहिलो खेलमा ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्याण्डलाई ३५ रनले पराजित गरेको थियो । इंग्ल्याण्डसँग भने न्युजिल्याण्ड २० रनले पराजित भएको थियो । वर्षाले खेल रद्द हुँदा अफगानिस्तासँगै न्युजिल्याण्डले अंक बाँडेको थियो ।

सुपर १२ मा सानदार खेल देखाए पनि सेमिफाइनलमा भने न्युजिल्याण्डले मध्यम चुनौती दिए पनि बलिङमा चुनौती पेश गर्न नसक्दा पाकिस्तानलाई नतिजा सुम्पियो ।

भारतसँगको फाइनलको सम्भावना

पाकिस्तान जितेपछि फाइनल भारतसँग हुने समीकरण बन्ने सम्भावना बढेको छ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई हराउँदा फाइनल झनै रोमाञ्चक बन्न सक्नेछ । किनकी त्यसमा क्रिकेटका कट्टर दुष्मन देश भारत र पाकिस्तान आमनेसामने हुनेछन् । भारत र पाकिस्तानबीचको क्रिकेटको प्रतिस्पर्धा विश्वमै सबैभन्दा बढी हेरिने र प्रतिस्पर्धी खेल मानिन्छ । अनि उत्तिकै राेमाञ्चक पनि ।

पाकिस्तान टी २० विश्वकपको फाइनलमा

ताजा अपडेट

नेपालवाच विशेष