भियतनाममा डेंगुका बिरामी बढे
भियतनाम । भियतनामको राजधानी हनोइमा डेँगुको ज्वरोका संक्रमित दिन प्रतिदिन बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य अधिकारीले हनोइमा डेँगुको उच्च जोखिममा रहेको देखिएकाले यसका विरुद्धमा सतर्कता अपनाउनुपरेको बताएका हुन् ।
यहाँ केही समयमात्र अघिसम्म हप्तामा पाँचदेखि सात सयसम्म डेँगुका संक्रमित देखिएकामा हाल हरेक हप्ता कम्तीमा पनि एक हजार चार सय जनामा सो संक्रमण देखिएको हो ।
यहाँ डेँगुको ज्वरोका बिरामी हरेक हप्ता बढ्दै गएकाले हनोइ सहरमा उच्च सतर्कता अपनाउनुपरेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार यहाँ यस वर्षमात्र यहाँ दुई लाख ९२ हजार जनामा डेँगुको संक्रमण भएको थियो । यस संक्रमणबाट यहाँका कम्तीमा पनि एक सय १२ जनाको ज्यान गएको थियो ।
यहाँका स्वास्थ्य अधिकारीले भियतनामको हनोइ सहरमा यसका संक्रमित बढ्दै जान थालेको र यो क्रम अहिले नै रोकिने अवस्था नदेखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया