खाद्य सुरक्षामा फिलिपिन्सको जोड
फिलिपिन्स । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुलादेज म्याक्रोसले आफ्नो देशमा जलवायु परिवर्तनको असर कम गर्नुका साथै खाद्य सुरक्षाका क्षेत्रमा जोड दिइने बताएका छन् ।
उनले दक्षिणपूर्वी एसियाली क्षेत्रीय संगठन, आसियानको सम्मेलनका क्रममा आफूले यी विषयमा जोड दिने बताएका हुन् ।
बिहीबारदेखि कोलम्बोमा सुरु हुन लागेको सो सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानस्थलमा राष्ट्रपति फर्डिनान्डले सो प्रतिक्रिया दिएका हुन् ।
कम्बोडियाको नोम्पेन्हमा बिहीबार सो सम्मेलनमा सुरु हुन लागेको छ । सो सम्मेलनमा एसियाली देशका नेताको सहभागिता हुने जनाइएको छ ।
उनले पछिल्लो समयमा फिलिपिन्समा आर्थिक विकासका एजेण्डामा जोड दिनुपर्ने अवस्था रहेको तथा जलवायु परिवर्तनको असर धेरै देखिएको बताएका हुन् ।
त्यसैले आसियानको बैठकमा आफूले यिनै विषयमा जोड दिने जानकारी उनले गराएका हुन् । हालैमात्र विश्व बैंकको एक प्रतिवेदनमा फिलिपिन्स जलवायु परिवर्तनको असरका हिसाबले निकै जोखिमपूर्ण अवस्थामा रहेको जनाइएको थियो ।
त्यसैले यस क्षेत्रमा सहयोग र समन्वयका लागि आफूले आसियानको सम्मेलनमा आवाज उठाउने तयारी गरेको जानकारी राष्ट्रपति फर्डिनान्डले दिएका हुन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया