NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

धर्मराउँदै उठेको इंग्ल्यान्डको फाइनलसम्मको रोमाञ्चक यात्रा यस्तो छ

काठमाडौं । विश्व क्रिकेटकै बलियो देश भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । फाइनल पुग्ने दबाबयुक्त खेलमा १६९ रनको विशाल लक्ष्य पछ्याउँदा पनि इंग्ल्यान्डले विना विकेट चार ओभर बाँकी छँदै फाइनलमा पाकिस्तानविरुद्धको भेट पक्का गरेको हो ।

तर फाइनलमा पुग्दा सानदार खेल देखाएको इंग्ल्याण्ड निक्कै धर्मराउँदै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।

सुपर १२ काे पहिलो खेलमा अफगानिस्तानविरुद्ध इंग्ल्यान्ड ५ विकेटले विजयी हुँदासम्म सेमिफाइनलको यात्रामै थियो । तर जब दोस्रो खेलमा आयरल्यान्डसँग इंग्ल्यान्ड पानी परेपछिको डिएल मेथडमा ५ रनले स्तब्ध हुन पुग्यो तब उसको सेमिफाइनल यात्रा धर्मराएको थियो । किनकी आफूभन्दा निक्कै कमजोर मानिएको टिमसँग हार्नु र टफ समूह हुँदा इंग्ल्यान्डलाई सहज थिएन । किनकी सोही समूहमा न्युजिल्यान्ड र अष्ट्रेलियाजस्ता बलिया टोली थिए ।

तेस्रो खेलमा वर्षाले खेल रोकिएपछि इंग्ल्यान्ड र अष्ट्रेलियाले एकएक अंक बाँडेका थिए ।

चौथो खेलमा न्युजिल्यान्डलाई २० रनले पराजित गर्न इंग्ल्यान्ड सफल भयो । जसले सेमिफाइनलमा उसको आशा जगाएको थियो । अन्तिम खेलमा श्रीलंकालाई चार विकेटले पराजित गरेपछि इंग्ल्यान्ड अष्ट्रेलियालाई पछि पार्दै बढी रनरेटका आधारमा सेमिफाइनल पुग्न सफल भएको थियो ।

जबकी शीर्ष तीन टोली न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ७\७ अंक थियो । रनरेटमा न्युजिल्यान्ड धेरै अगाडि थियो । श्रीलंकालाई जितेपछि बराबरी अंक र रनरेटमा अष्ट्रेलियालाई पछि पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । त्यो म्याचमा श्रीलंका जितेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो । सुपर १२ को पहिलो खेलमा न्युजिल्याण्डसँग शर्मनाक ८९ रनको पराजयले नै आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने कारण बन्यो । किनकी २०१ रनको विशाल लक्ष्य पछ्याउँदा अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १११ रनमा रोकिएको थियो ।

जसले उसको रनरेट माइनसमा लगिदियो । फेरि पानीले विथोलेपछि इंग्ल्यान्डसँग अंक बाँड्दाको घाटासमेत अष्ट्रेलियालाई भयो । यसको फाइदा अन्ततः इंग्ल्यान्डले उठाउँदै रनरेटमा अघि रहँदै सेमिफाइनलसम्म पुग्यो । सेमिफाइनलमा भारतसँगको प्रतिस्पर्धामा आउँदा भने इंग्ल्यान्ड निक्कै आक्रामक देखिएको छ । अब फाइनलमा दुई दिनपछि पाकिस्तान र इंग्यान्डबीच उपाधिका लागि भिडन्त हुनेछ । पाकिस्तान पनि धर्मराउँदै न्युजिल्यान्डलाई पराजित गर्दै फाइलनमा पुगेको थियो । तर सेमिफाइनलमा उसले सानदार खेल देखायो ।

नाटकीय समीकरणपछि पाकिस्तानले यसरी रच्यो फाइनलसम्मको रोमाञ्चक यात्रा

भारतलाई जसले स्तब्ध बनाए

एलेक्स हेल्स र जोस बटलरले इंग्ल्याण्डलाई भारतविरुद्ध सनसनीपूर्ण सानदार जित दिलाएका हुन् । दुवैले शानदार अर्धशतकीय पारी खेले ।
हेल्सले ४७ बलमा ८६ र बटलरले ४९ बलमा ८० रनको नटआउट पारी खेले ।

चार ओभर बाँकी हुँदै इंग्ल्यान्डले १७० रन बनाउँदै शानदार १० विकेटकाे जित दर्ता गरेको हो । चुनौतीपूर्ण लक्ष्य दिंदासमेत भारत कुनै पनि समय खेलमा फर्किन सकेन । पावरप्लेको ६ ओभरमा इंग्ल्यान्डले ६३ रन जोडेको थियो ।

२ ओभरमा २५ रन, अर्शदीप सिंहले २ ओभरमा १५ रन, अक्षर पटेलले ४ ओभरमा ३० रन, मोहम्मद सामीले ३ ओभरमा ३९ रन, रविचन्दन आश्विनले २ ओभरमा २७ रन, हार्दिक पाण्ड्याले ३ ओभरमा ३४ रन दिए । तर कुनै पनि बलरले एक विकेट पनि लिन सकेनन् । भारतका लागि हार्दिक पान्ड्याले ६३ र विराट कोहलीले ५० रन बनाए ।

ताजा अपडेट

नेपालवाच विशेष